सुपर लिगमा आज दुई खेल, धनगढीले चितवनको सामना गर्दै

  बैशाख १८, २०७८

काठमाडौं, वैशाख १८ : नेपाल सुपर लिग फुटबल फ्रेञ्चाइज प्रतियोगितामा आज दुई खेल हुँदैछ । पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनको सामना गर्दैछ । दोस्रो खेल विराटनगर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच हुनेछ ।

लिग तालिका बमोजिम धनगढी र चितवनबीचको खेल अबको केहीबेरमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइँदैछ । दोस्रो खेल साँझ साढे पाँच बजेपछि हुनेछ । पहिलो खेलमा धनगढीले चितवनको सामना गर्दा शीर्ष स्थानमा उक्लिने लक्ष्यसहित ग्राउन्डमा उत्रिनेछ ।

धनगढीले तीन खेलबाट चार अङक बटुलेको छ । चितवनले भने दुई खेलमध्ये दुबै बराबरी खेलेर दुई अङकसहित छैटाैं स्थानमा छ । दोस्रो खेलमा लिग तालिकाको शीर्षस्थानमा रहेको लुम्बिनीले पाँचौं स्थानको विराटनगरको सामना गर्दैछ ।

तपाईको प्रतिक्रिया