पोखराले काठमाडौंलाई बराबरीमा रोक्यो

  बैशाख १८, २०७८

काठमाडौं, वैशाख १८ : नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल लिगमा पोखरा थन्डर्सले काठमाडौं रेजर्सलाई गोलरहित बराबरीमा रोकेको छ । शुक्रबार अबेर सम्पन्न खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेनन ।

एनएसएलको नौ खेलपछि सामान चार अङ्क जोडेको बुटवल, धनगढी, पोखरा र काठमाडौं क्रमशः शीर्ष चारमा छन् । शीर्ष स्थानको बुटवलले भने धनगढी, पोखरा र काठमाडौंभन्दा एक खेल कम खेलेको छ । तीन वटै टोलीले तीन तीन खेल खेलेको छ ।

चार वटै टोलीले एकमा जित, एकमा हार र एक एक खेल बराबरी खेलेको छ । पाँचौं स्थानको विराटनगरले भने दुईमध्ये एउटामा जित र अर्कोमा हार बेहोरेर तीन अङ्कसहित पाँचौं स्थानमा छ । एफसी चितवनले भने दुई खेलमध्ये दुबै बराबरी खेलेको छ । उसको दुई अङ्क छ । पूछारमा रहेको ललितपुर सिटी एफसीले तीन खेलमध्ये दुई बराबरी र एकमा हार बेहोरेको छ ।

तपाईको प्रतिक्रिया