धनगढीले ललितपुरको सामना गर्दै, विराटनगरमाथि पोखराको जित

  बैशाख १७, २०७८

काठमाडौं, वैशाख १६ : नेपाल सुपर लिग(एनएसएल) फुटबल अन्तगर्त आज हुने एक मात्र खेलमा धनगढीले ललितपुर सिटी एफसीको सामना गर्दैछ । मौसम प्रतिकूलले खेलमा असर गर्न सक्नेछ । लिगको यो आठौं खेल हो । धनगढी अङ्कतालिकाको तेस्रो स्थानमा छ । ललितपुर भने दुई खेलमध्ये एकमा बराबरी र अर्कोमा हार बेहोरेर तालिकाको पूछारमा छ । धनगढीले एकमा जित र एकमा हार बेहोरेको छ ।

साँझ साढे पाँच बजेपछि उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङशालामा खेलाइनेछ । प्रतियोगिता अन्तगर्त गए राति सम्पन्न खेलमा विराटनगरलाई पोखराले हराएको थियो । ८३ औं मिनेटमा नवयुग श्रेष्ठले गर्नुभएको एक मात्र गोल पोखरालाई जित दिलाउन पर्याप्त भयो । जितसँगै पोखरा चौथो स्थानमा उक्लेको छ। बिराटनगर भने दुई खेलमध्ये एकमा जित र अर्कोमा हारसँगै तीन अङ्क बटुलेर दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया