लेष्टर सिटी च्याम्पियन्स लिगको छनोट नजिक पुग्यो

  बैशाख १४, २०७८

काठमाडौं, वैशाख १४ : लेष्टर सिटी च्याम्पियन्स लिगको छनोट नजिक पुगेको छ । गए राति सम्पन्न प्रिमियर लिग अन्तगर्तको खेलमा लेष्टर सिटीले क्रिष्टल पैलेसमाथि जित हात पारेको हो । क्रिष्टल पैलेसमाथि २–१ को जितसँगै लेष्टर सिटीले ३३ खेलबाट ६२ अङ्क बटुलेको हो ।

विल्फ्रेड जाहाले खेल सुरु भएको १२ औं मिनेटमै सुरुवाती गोल गरेर पाहुना टोली क्रिष्टल पैलेसलाई १–० को अग्रता दिलाउनुभयो । तर तिमोथी कास्टाग्नेले दोस्रो हाफ सुरु भएको पाँच मिनेट नबित्दै गोल फर्काउँदै खेलमा लेष्टरलाई १–१ को बराबरीमा ल्याउनुभयो ।

इहिनाचोले नौ खेलबाट १२ औं गोल पुरा गर्दै लेष्टरलाई ८० औं मिनेटमा अग्रता दिलाउँदै २–१ को जित सुनिश्चित गराउनुभयो । जितसँगै लेष्टर तेस्रो स्थानमा उक्लेको छ । तर पाँचौं स्थानको वेष्टहमबाट ऊ सात अङ्कको अग्रता बनाएको छ ।

तपाईको प्रतिक्रिया