राजस्थानले कलकत्तालाई हरायो, चेन्नईले बैंगलोरको सामना गर्दै

  बैशाख १२, २०७८

काठमाडौं, बैशाख १२ : राजस्थान रोयलले कलकत्ता नाइट राइडर्ससलाई हराएको छ । इन्डियन प्रिमियर लिग(आईपीएल)को १८ औं खेलमा राजस्थानले कलकत्तालाई छ विकेटले हराएको हो ।

मुम्बईमा सम्पन्न खेलमा कलकत्ताले प्रस्तुत गरेको १३४ रनको सामान्य लक्ष्य राजस्थानले खेल सकिन सात बल बाँकी छँदा चार विकेटको क्षतिमा पुरा गर्यो । राजस्थानको जितमा कप्तान सञ्जु सामसनले अविजित रहँदै ४२ रनको योगदान दिनुभयो । शिवम दुबेले २२ र यशस्वी जयसवालले २२ रनको योगदान दिए ।

कलकत्ताका लागि बरुण चक्रवर्तीले दुई तथा शिवम माभी र प्रसिद्ध कृष्णले एक विकेट लिए । त्यसअघि, मुम्बईमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको कलकत्ताले पुरै २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १३३ रनको योगफल तयार गर्यो । कलकत्ताका लागि राहुल त्रिपाठीले बनाउनुभएको ३६ रन नै सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो । कप्तान इयन मोर्गन डक आउट हुनुभयो ।

राजस्थानको बलिङमा क्रिस मोरिसले सर्बाधिक चार विकेट लिनुभयो । जयदेव उनाकत, चेतन साकरिया र मुस्तफिजुर रहमानले एक एक विकेट लिए । प्रतियोगिता अन्तगर्त आज हुने खेलमा चेन्नई सुपर किंग्स रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दैछ । जारी संस्करणमा पहिलो पटक भिड्दा बिराट कोहली नेतृत्वको बैंग्लौरले महिन्दर सिंह धोनी कप्तान रहेको चेन्नईलाई हराएको थियो । चेन्नई आजको खेल जिते अङ्क तालिकामा बैंगलोरलाई उछिन्दै शीर्ष स्थानमा उक्लिनेछ ।

तपाईको प्रतिक्रिया