कोरोनाभाइरसले दिएको पिडा : बेहुली लिन जाने दिनमा मलामी जानुप-यो

  बैशाख ११, २०७८

कपिलवस्तु, वैशाख ११ : एकै दिन दिदी भाई एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका-४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिली ले चिटिक्क देखिएको थियो । बिहेको तयारी गर्दै टेण्ट लगाएर सजाइएको माहोलमा एकाएक मौनता छायो । शनिवार विहान भव्य तयारीका साथ जन्ती जाने साइत थियो तर । परिवारका सबै सदस्य अचानक काठमाडौतर्फ लाग्नु पर्ने बाध्यता आयो ।

उहाँहरु काठमाडौं हिँडे पछि बिहेको तयारी एकाएक रोकिएको छ । बिहे घरमा लगाइएको टेन्ट उतारिएको छ । जन्ति जानेका मनमा पीडा थपिएको छ । विहेको रमाइलो माहोल सुरु हुन लाग्दा लाग्दै गर्दा कोरोना स्रक्रमण भई काठमाडौं उपचारमा रहेका घरको सदस्य (काका)को मृत्यु भए पछि परिवार शोक मग्न भएको छ । वर्ष ५२ का मृतक जितपुरमा व्यव्साय गर्दै आउनु भएको थियो । दीर्घ रोग र अन्य कुनै रोगको समस्या समेत थिएन ।

स्थानीयका अनुसार केसी परिवारको घरमा ठूली छोरी र भाइको एक पटक विहेको तयारी भएको थियो । कोरोना संक्रमित रहेका काकाको स्वास्थ्य अवस्थामा सुधार नभए पछि छोरीलाई शुक्रवार राती नै बिबाह गरी दिएका थिए । शनिवार छोराको जन्ति जाने कार्यक्रम रहेको थियो । तर बिहानै उपचारका क्रममा काठमाडौ)मा मृत्यु भएको खवरले जन्ती जानु अगाडि मृत्युको खवर आए पछि विबाहको काम रोकिएको छ ।

वाणगंगा नगरपालिकामा कोभिडको दोस्रो पटकको लहरले स्वस्थ्य, हट्टा कट्टा मानिसले ज्यान गुमाउनु परेको छ । शनिवार विहान भएका केसीलाई दीर्घरोग र अन्य रोगको समस्या समेत थिएन् । उहाँको अप्रत्याशित देहान्तले कोरोनाले स्वस्थ्य मानिसलाई पनी मृत्यु गराउन सक्ने रहेछ भन्ने तथ्य उजागर गरेको छ । सोही नगरपालिकाका वडा नं. ४ राजापानीमा होटेल संचालन गरेका ३० वर्षिय हट्टाकट्टा युवक पनि कोरोनाको कारणले ज्यान गुमाउने परेको थियो ।

आँखा अगाडिका घटना बाहिर आउँदा पनि स्थानीय भने सचेत भएका छैनन् । हाल कपिलवस्तुमा १२० जना कोरोना संक्रमित रहेका छन् । ति मध्ये आठ जना भेन्टिलेटर र १० जना आइसियुमा उपचारका क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुमा हेल्थ असिस्टेन्ट उमेश चन्द्र घिमिरेले बताउनु भयो । कोरोना बढ्दै जाँदा सरोकारबाला निकायले ठोस कदम चाल्न सकेका छैनन् ।

यता स्थानीय सरकारले भने विपत्को जोखिम कम गर्नका लागि तत्परता देखाएका छैनन् । पालिकाका मुख्य स्थानमा हाटवजार संचालनमा रहेका छन् । विद्यालय समेत परिक्षा गर्ने भनी संचालनमा रहेको छ । मुख्य चोकमा र बैंकहरुमा भिँड भाँड रहेको छ । जसले गर्दा कपिलवस्तुमा दोस्रो लहरको कोरोना फौलिन सक्ने संभावना रहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया