जिम्बाबवेले पाकिस्तानलाई स्तब्ध पा-यो

  बैशाख १०, २०७८

काठमाडौं, वैशाख १० : जिम्बाबवेले पाकिस्तानलाई दोस्रो टी ट्वान्टी खेलमा १९ रनले हराएको छ । जिम्बाबवेको जितसँगै तीन टी ट्वान्टीको श्रृखंला १–१ को बराबरीमा आएको छ ।

जिम्बाबवेले प्रस्तुत गरेको ११९ रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर पाँच बलमा मात्र ९९ रनमा समेटिएको हो । ७८ रनमा मात्र चार विकेट गुमाएको पाकिस्तानले थप २१ रन जोड्दा छ विकेट गुमाउन पुग्यो । जिम्बाबवेले अन्तिम दुई ओभरमा पाँच विकेट लियो ।

पाकिस्तानको पारीमा कप्तान बाबर आजमले सर्बाधिक ४१ रनको योगदान दिनुभयो । दानिश अजिजको २२ तथा मोहम्मद रिजवानको १३ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल समेत जोडन सकेनन ।

जिम्बाबवेका लागि ल्युक जोङवे सबैभन्दा सफल बलर हुनुभयो । उहाँले तीन ओभर पाँच बमलमा मात्र १८ रन खर्चेर सर्बाधिक चार विकेट लिनुभयो । र्यान बर्लले दुई तथा ब्लेसिङ मुजराबानी र रिचर्ड गार्भाले सामान एक एक विकेट लिए ।

त्यसअघि, हरारेमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको घरेलु टोलिले पुरै २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा मात्र ११८ रन जोडन सक्यो । जिम्बाबवेको ब्याटिङमा ओपनर टिनाशे कमुनहुकाम्वेले सर्बाधिक ३४ रनको योगदान दिनुभयो । रेगिस चकाभाले १८ तथा वेस्ली मधिभेरेले १६ रनको पारी खेल्नुभयो ।

पाकिस्तानका लागि दानिश अजिज र मोहम्मद हास्नैनले सामान दुई दुई विकेट लिए । फहीम अशरफ, अर्शद इकवाल, हरिश रौफ र उसमान कादिरले सामान एक एक विकेट लिए । ल्युक जोङवे प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

तपाईको प्रतिक्रिया