रियल मड्रिड ला लिगाको शीर्षस्थानमा उक्लियो

  बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९ : रियल मड्रिडले काडिजलाई ३–० ले हराएको छ । स्पेनिस ला लिगा अन्तर्गत गए राति सम्पन्न खेलमा रियल मड्रिडले काडिजमाथि ३–० को सहज जित हात पार्यो ।

रियलको जितमा करिम बेञ्जिमाले दुई गोल गर्नुभयो । ३० औं मिनेटमा रियल मड्रिडले पाएको पेनाल्टीलाई बेञ्जिमाले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । पहिलो गोल गरेको तीन मिनेटपछि बेञ्जिमाको पासलाई अल्भारो ओड्रिओजोलाले हेडमार्फत् गोल गर्दै अग्रतालाई दोब्बर पार्नुभयो ।

४० औं मिनेटमा उहाँले सेसिमिरोको सहयोगमा गोल गर्दै रियलको अग्रतालाई दोब्बर पार्नुभयो । काडिजमाथि जितसँगै रियल मड्रिड स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्षस्थानमा उक्लेको छ । उसले ३२ खेलबाट ७० अङ्क जोडेको छ । दोस्रो स्थानको एटलेटिकोले ३१ खेलबाट सामान ७० अङ्क जोडेको छ । सेभियाले ३२ खेलबाट ६७ तथा बार्सिलोनाले ३० खेलबाट ६५ अङ्क बटुलेर चौथो स्थानमा छ ।

तपाईको प्रतिक्रिया