भारतमा एकैदिन करिब तीन लाख संक्रमित, दुई हजार बढीको मृत्यु

  बैशाख ०८, २०७८

काठमाडौं, वैशाख ८ : भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका करिब तीन लाख सङ्क्रमित पहिचान गरिएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार ४१ जना सङ्क्रमित पहिचान गरिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार कोभिड १९ को पहिलो लहर आउँदा गत् सेप्टेम्बर १७ मा सबैभन्दा बढी ९८ हजार ७९५ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । गत फेब्रुअरी महिना यता भारतमा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २३ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतको महाराष्ट्र, केन्द्र प्रशासित दिल्ली तथा उत्तर प्रदेश, मध्य प्रदेश लगायतका राज्य कोभिड १९ ले नराम्ररी प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया