थप दुई हजार ३५१ मा कोरोना संक्रमण, २८७ संक्रमणमुक्त, ६ को मृत्यु

  बैशाख ०८, २०७८

काठमाडौं, वैशाख ८ : कोभिड–१९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो ।

उहाँले आज मात्र दुई हजार ३५१ मा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । हिजो (मङ्गलबार) एक हजार ७३६ जना सङ्क्रमित थपिएका थिए । यस्तै गत सोमबार (वैशाख ६ गते) एक हजार २८१, आइतबार (वैशाख ५ गते) एक हजार ९६, शनिबार (वैशाख ४ गते) ८४३, शुक्रबार (वैशाख ३ गते) ९०० जनामा सङ्क्रमण देखिएको थियो ।

आठ हजार ८८४ नमूनाको पिसिआर परीक्षण गर्दा दुई हजार २२० र ८०३ मा एन्टिजेन टेष्ट गर्दा १३१ मा सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म दुई लाख ८९ हजार ७८७ जना सङ्क्रमित भएका छन् ।

काठमाडौँ उपत्यकामा एक हजार ५१ मा सङ्क्रमण देखिएको छ । उहाँका अनुसार भक्तपुरमा ८४, ललितपुर १८१ र काठमाडौँमा ७८६ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले आज २८७ जना उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ७६ हजार ९३ जना निको भई घर फर्किएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।

अहिलेसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५८२ जना संस्थागत आइसोलेशन ८३६ जना र होम आइसोलेशनमा नौ हजार ७४६ जना छन् । यस्तै सङ्क्रमितमध्ये १८० जना सघन उपचार कक्ष ४७ जना भेन्टिलेटरमा उपचार गराइरहनुभएको छ ।

यस्तै विगत २४ घण्टामा सङ्क्रमणबाट छ जनाको निधन भएको छ । अहिलेसम्म तीन हजार ११२ जनाको सङ्क्रमणबाट निधन भएको छ । यस्तै नेपाल–भारतका नौ वटा सीमानाकामा ८०३ जनाको कोरोना भाइरस परीक्षण गर्दा १३१ जनामा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा कोरोनाभाइरसका दुई हजार २२० जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार ८४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल १० हजार ५८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ८०३ जनाको एन्टीजेन परीक्षण गरेकोमा १३१ जनामा पोजिटिभ पाइएको जनाएको छ । एन्टीजेनसहित नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ३५१ जनामा कोरोना फेला परेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८७ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ९५.३ प्रतिशतमा झरेको छ । हाल ८६ जना क्वारेन्टिनमा छन् । सङ्क्रमितमध्ये १८० जना आइसियु र ४७ जना भेन्टिलेटरमा रहेर उपचार गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया