नेपालले टस जितेर फिल्डिङ रोज्यो

  बैशाख ०४, २०७८

काठमाडौं, बैशाख ४ : त्रिदेशीय कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस जितेको छ । टस जितेर कप्तान ज्ञानेन्द्र मल्लले नेदरल्याण्ड्सलाई ब्याटिंगका लागि निम्ता दिनुभएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा सुरु हुन लागेको खेल अबको केही मिनेटपछि सुरु हुँदैछ । नेदरल्याण्ड्स क्रिकेट टोलिमा अनुभबीसहित युवा खेलाडीले प्राथमिकता पाएका छन् ।

नेपालले भने पहिलो खेलमा अलराउन्डर पारस खडका बिना नै मैदानमा उत्रिएको छ । चोटग्रस्त पारस नेदरल्याण्ड्स बिरुद्धको खेलबाट बाहिरिएपछि उहाँको स्थानमा सन्दीप जोरालाई बोलाइएको छ ।

तपाईको प्रतिक्रिया