प्रथम काठमाडौं खो खो प्रतियोगितामा दुबै समूहमा जनसेवा मावि प्रथम

  चैत २२, २०७७

काठमाडौं, चैत २२ : प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगितामा महिला र पुरुष दुवै समूहमा जनसेवा माध्यामिक विद्यालय विजयी भएको छ ।

२०४६ सालका जनआन्दोलनमा कीर्तिपुरका चार सहिदको सम्झनामा दुईदिनसम्म चलेको प्रतियोगितामा जनसेवा माविले विजयी भएको नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जानकारी दिनुभयो ।

महिला समूहमा जनसेवा माविले (१२) र लेबोरेटरी माविलाई (६) का विरुद्ध ६ अंक अन्तरले पराजित गरेको थियो ।

त्यस्तै , पुरुष समूहमा जनसेवा माविले (२२) र मंगल माविलाई (१२) का विरुद्ध १० अंक अन्तरले पराजित गरेको थियो । प्रतियोगिता कीर्तिपुरस्थित नयाँ बजारको कभर्ड हलमा भएको हो ।

तपाईको प्रतिक्रिया