गाउँपालिकाले शुरु गर्यो रेडियो, कोरनाबारे सूचना दिन थालियो

  असोज १९, २०७७

जुम्ला, असोज १९ : यहाँको गुठिचौर गाउँपालिकाले आफ्नै रेडियो एफ एम स्थापना गरेको छ ।

गाउँपालिकाका जनतामा सूचनाको पहुँच पुरयाउने उद्देश्यले यहाँको गुठिचौर गाउँपालिकाले आफ्नै एफ एम रेडियो स्थापना गरेको हो ।

“९८।४ मेघाहर्जको उक्त रेडियो गुठिचौरको” अहिले परीक्षण प्रसारण गरिएको गाउँपालिका नायव सूब्बा मोतिप्रसाद जैसीले जानकारी दिनुभयो ।

गाउँपालिकाको रेडियो स्थापनाका लागि हाल सम्म रु २४ लाख लगानी भएको र अन्य बिस्तारका लागि, आवश्यक अन्य सामग्री र पूर्वाधार जोडिदै गरेको जैसीले जानकारी दिनुभयो । रिले टावर स्थापना गर्नका लागि समेत बजेट विनियोजन भईसकेको उहाँले थप्नुभयो ।

नायव सुब्बा जैसीका अनुसार अहिले रेडियो स्थापना भएपछि कोराना भाईरस रोकथामदेखि विभिन्न प्रकारका सूचनाहरु जनतालाई निःशुल्क दिन सजिलो भएको छ ।

गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार विकासका विभिन्न क्षेत्र मध्य सूचना तथा सञ्चार क्षेत्र निकै महत्वपूर्ण भएकाले संवैधानिक अधिकार र गाउँपालिकाको कार्यविधि अनुसार रेडियो स्थापना गरिएको छ ।

उहाँका अनुसार गाउँपालिकाका हरेक गतिविधि जनताले पाउने अधिकार भएकाले अव रेडियो मार्फत बढि भन्दा बढि सूचना प्रदान गरिने छ ।

अहिले रेडियो गुठिचौर गाउँपालिका, चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका सहित विभिन्न क्षेत्रमा सुन्ने गरेको बताईएको छ ।

बिस्तारका लागि चाडै चिमारामा रिले स्टेशन राखिने तयारी भईरहेको जानकारी दिनुभयो ।

रेडियोमा काम गर्ने कर्मचारीहरुको सेवा सुविधा सुनिश्चित गर्न स्थानीय सरकारले कार्यविधि समेत बनाईएको र अव गाउँसभाबाट पारित गर्ने तयारी भईरहको छ ।

रेडियोको रिले टावर बनाएमा गाउँपालिका दुई हजार पाँच सय घरधुरी लाभान्वित हुने सहित जुम्लाका अन्य गाउँपालिका, जाजरकोट, मुगु र डोल्पामा समेत रेडियोको पहुँच हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष जानदेवी ऐडिले हामीले अन्य भौतिक तथा सामाजिक विकास पनि गरिरहेका छौ ।

तर पनि हाम्रा काम जनताले सजिलै जान्नुपर्छ र जनतालाई जानकारी दिनुपर्छ भन्ने उद्देश्यले रेडियो एफ स्थापना गाउँपालिकाको प्रथामिकतामा परेको जानकारी दिनुभयो । सूचना सञ्चारमा लगानी भनेको जिवित सम्पति भएको उहाँले बताउनुभयो ।

उहाँले रेडियोेले संचार क्षेत्रको मुल्य मान्यतामा काम गर्नेमा आशा गरिएको भन्दै अहिले परीक्षण प्रकाशन भएपनि केही महिनापछि सूचारु हुनेमा जोड दिनुभयो । रेडियो गुठिचौर जुम्लाको स्थानीय तहले स्थापना गरेको पहिलो रेडियो हो ।

गाउँमै रेडियो स्थापना भएपछि स्थानीय खुशी भएका छन् ।

त्यहाँका स्थानीयले गाउँमा संचार माध्यामको पहुँच कम भईरहेको समयमा आगनमै रेडियो स्थापना हुनु निकै राम्रो भएको बताएका हुन् ।

स्थानीय उमेश न्यौपानले संचार माध्याम लोकतन्त्रको ठूलो माध्यम हिस्सा भएकाले अव सहज हुने बताउनुभयो ।

उहाँले अव राष्ट्रिय समाचार समेत लिंग गरिने बताउनुभयो ।

गोरखापत्र

तपाईको प्रतिक्रिया