काठमाडौं, असोज ४ : पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७६७ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ६१६ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थपिएका सङ्क्रमितमध्ये काठमाडौँका २३० महिला र ३७२ पुरुषसहित ६०२, ललितपुरका ३४ महिला र ३० पुरुषसहित ६४ तथा भक्तपुरका ४१ महिला र ६० पुरुषसहित १०१ जना रहेका छन् ।
उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । काठमाडौँमा १३ हजार ६१६, ललितपुरमा एक हजार ५४८ तथा भक्तपुरमा एक हजार ४५२ जना कोरोना भइरसबाट सङ्क्रमितको भएका छन् ।






