नयाँ एक हजार ४५९ जना सङ्क्रमितसहित ५६ हजार ७८८ पुग्याे

  भदौ ३०, २०७७

काठमाडौं, भदौ ३० : नेपालमा कोरोना भाइरसका एक हजार ४५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५६ हजार ७८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

सकृय सङ्क्रमितहरू १५ हजार ७७९ रहेका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार एकहजार ६२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४० हजार  ६३८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ

आइसोलेसनमा कुल १५ हजार ७७९ पुगेको छ । क्वारेन्टिनमा सात हजार २५० रहेका छन् ।

 ११ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा ११  जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७१ पुगेको छ ।

तपाईको प्रतिक्रिया