चितवनमा ८७ जना कोरोना संक्रमित थपिए

  भदौ २७, २०७७

चितवन, भदौ २७ : शुक्रबार ७१ जना संक्रमित देखिएको चितवनमा शनिबार ८७ जनामा कोरोना भाइरस संक्रमित पुष्टी भएको छ । भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राती १२ बजे सम्म ५३३ नमुना परिक्षण गरिएकोमा ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् ।

भरतपुर मात्रै ७३ जना पोजेटिभ भएका छन् । मा ५० जना पुरुष र २३ जना महिलामा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनु भयो । शुक्रबार ६५ जना महानगरमा नयाँ संक्रमित भएका थिए ।

तपाईको प्रतिक्रिया