बुटवल,भदौ १६ : अघिल्लो साता १३ जना थुनुवामा संक्रमण देखिएको ईलाका प्रहरी कार्यालय बुटवलमा ११ जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परिक्षण नतिजामा ११ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता खड्गबहादुर खत्रीले पुष्टि गर्नुभयो ।
संक्रमित प्रहरीहरुलाई बुटवलस्थित एन्फा एकेडेमीको आइसोलेसन केन्द्रमा राखिएको छ । यसअघि अघिल्लो साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएको थियो ।
त्यसलगत्तै कन्ट्याक्ट ट्रसिङका आधारमा १९ प्रहरीको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये ११ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि संक्रमण पुष्टि भएका थुनुवाहरुको पनि आईसोलेसनमा उपचार भइरहेको छ ।






