अहिले नै पूर्ण लकडाउनमा जानुपर्ने अवस्था छैन : प्रवक्ता

  साउन २२, २०७७

काठमाडौँ, साउन २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले तत्कालै पूर्ण लकडाउन गर्ने सोच नभएको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा अयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, ‘जहाँ सङ्क्रमण बढी हुन्छ, त्यहाँ सेवाहरू रोक्दै जानुपर्छ र जहाँ सङ्क्रमण कम छ, त्यहाँ खुकुलो हुन्छ ।’ उहाँले अहिले स्थानीय तह वा जिल्ला प्रशासनहरूलाई अवस्था हेरेर स्थानीय स्तरमा लकडाउन गर्नसक्ने व्यवस्था भएकाले अहिले नै त्रसित भएर पूर्ण देशव्यापी लकडाउनमा जानुपर्ने अवस्था नभएको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया