कतारबाट दुई दिनमा ३०४ जना नेपाली स्वदेश फर्किए

  साउन २२, २०७७

काठमाडौँ, साउन २२ : कोरोना भाइसरका कारण कतारमा बस्न अनिच्छुक थप १५३ जना नेपाली स्वदेश फर्किएका छन् । कतारस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार बिहीबार दोहाबाट काठमाडाैँका लागि हिमालय एयरलाइन्सको उडानबाट १५३ जना नेपाली स्वदेश फर्किएको जानकारी गराएको छ । बिहीबार स्वदेश फर्किनेमा आठ महिला पनि रहेका छन् ।

कोभिड–१९ बाट सिर्जित असहज परिस्थितिका कारण तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीले राजदूतावासको नेपाल फर्कने फारम भरेर नेपाल फर्किएका हुन् । साथै, नेपाल प्रस्थान गर्ने नेपालीलाई सहजीकरणका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीको उपस्थिति रहेको थियो ।

हिजो पनि कतारबाट फर्कनैपर्ने १५१ जना नेपाली स्वदेश नागरिक स्वदेश फर्किएका थिए । हिजो दोहाबाट काठमाडाैँका लागि नेपाल एयरलाइन्सको उडानबाट चार बालबालिका र १८ महिलासहित जम्मा १५१ जना नेपाल फर्किएका थिए । दोहाबाट भएको २४ औँ उडानबाट स्वदेश फर्किएका थिए ।

कोभिड–१९ बाट सिर्जित असहज परिस्थितिका कारण तत्काल नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई नेपाल सरकारले विभिन्न मुलुकबाट स्वदेश ल्याउने निर्णय स्वरुप भएको हो ।
विदेशमा खर्च नभई अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउन निःशुल्क हवाई टिकटको समेत नेपाल सरकारले व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया