काठमाडौँमा ३.५ रेक्टर स्केलकाे भूकम्प

  साउन २१, २०७७

काठमाडौँ, साउन २१ : काठमाडौँमा ४.३० बजे भूकम्पको धक्का महसुस गरिएको छ । साे भूकम्प ३.५ रेक्टर स्केलकाे भएकाे र ललितपुरका बङ्गलामुखी केन्द्रविन्दु रहेकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । याे भूकम्प गाेरखा भूकम्पकाे पराकम्प नभई नयाँ भूकम्प भएकाे जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया