घुस लिएको आरोपमा राजस्व अनुसन्धान अधिकृत पक्राउ

  साउन २०, २०७७

काठमाडौँ, साउन २० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लेनदेनको आरोपमा प्रमुख राजस्व अनुसन्धान अधिकृत र एक व्यवसायीलाई नियन्त्रणमा लिएको छ । व्यवसायीले दुई लाख रुपियाँ घुस दिन लाग्दा राजस्व अनुसन्धान अधिकृतसहित पक्राउ परेका हुन ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पक्राउ पर्ने राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना र चिनी व्यवसायी अनिलकुमार झा रहेका छन् । आयोगले अनुसन्धान अधिकृतले झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको सूचनाको आधारमा निगरानी बढाएको थियो । दुवै जनालाई बुटवल उपमहानगरपालिका वडा नं १३ बुद्धचाेकबाट नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया