भक्त्तपुरमा यसरी भयाे गाईजात्रा समापन

  साउन २०, २०७७

काठमाडौं, साउन २० : काठमाडौं उपत्यकासहित देशभर नेवार समुदायले मनाउने गाईजात्रा (सापारु) भव्य रुपमा सम्पन्न भएको छ ।

करिब आठ दिनसम्म मनाइने यस पर्वको दोश्रो दिन एक वर्षमा मृत्यु भएका आपन्तजनको स्मृतिमा गाई वा गाईको जस्तो पहिरन लगाएका बालकहले धार्मिक विधि अनुसार नगर परिक्रममा गर्ने चलन रहेको छ । भक्तपुरमा अपरान्ह विभिन्न झाँकी सहित गाइजात्राकाे समापन गरियाे । 

यस दिनमा गाई वा गाई बनेका बालकहरुलाई मृतकका परिवारले दूध, फलफूल, रोटी, चिउरा, पैसालगायत दिइन्छ ।उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर, बनेपा, धुलिखेललगायतका स्थानमा भव्य रुपमा मनाइन्छ ।

तपाईको प्रतिक्रिया