अभिताभ बच्चन कोरोना जित्न सफल, अस्पतालबाट डिस्चार्ज

  साउन १८, २०७७

काठमाडौँ, साउन १७ : भारतीय सिनेमा हस्ती अभिताभ बच्चनले कोरोना परास्त गर्न सफल हुनुभएको छ । उहाँ निको भएर आजै अस्पतालबाट डिस्चार्ज हुनुभएको उहाँका छोरा अभिषेक बच्चनले ट्विटरमार्फत जानकारी गराउनुभएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

उहाँका पिता २३ दिनको अस्पताल बसाइपछि आजै डिस्चार्ज हुनुभएको र अभिषेकलाई भने अझै पोजिटिभ देखिएकाले अस्पतालमै रहेको समाचारमा जनाइएको छ । उहाँमा काेराेना सङ्क्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँका स्वास्थ्यलाभकाे कामना गर्नुभएकाे थियाे । 

तपाईको प्रतिक्रिया