बाढीपहिरोमा परी चार जनाको मृत्यु

  साउन १३, २०७७

बलेवा, साउन १३ : बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उहाँहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहनुभएकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताउनुभयो । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उहाँको पहिचान नखुलेको जनाइएको छ ।

सडक बनाउँदा कुलो मासियो, सिँचाइ अभाव
सडक निर्माणका क्रममा सिँचाइ कुलो भत्किएपछि यहाँको ३२ हेक्टर जमिनमा सिँचाइ अभाव भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा २० वर्षअघि निर्माण भएको सिँचाइ कुलो रहेकै ठाउँबाट कच्ची सडक बनाउँदा किसान मर्कामा परेका हुन् ।

बिनामारेको निरिङ्गे करिडोरदेखि वडा नं ४ सर्कुवाको मौलाछसम्म नयाँ ट्र्याक खोल्ने क्रममा बैराबासे तल्लो सिर्से कुलोको अधिकांश भाग भत्काइदिएको छ । वडाले गत आर्थिक वर्षमा झण्डै रु ११ लाख खर्चेर कालीगण्डकी करिडोरको निरिङ्गेबाट वडा नं ४ को मौलाछसम्मको कच्ची सडकको ट्र्याक खोलेको वडाध्यक्ष गोपालप्रसाद पौडेलले बताउनुभयो ।

कुलो भत्किएका कारण बैराबासे, घडेरी, तल्लोसिर्सेलगायतका फाँटमा रहेको ३२ हेक्टर जमिनमा सिँचाइ अभाव भएको स्थानीय नारायण उहाँले बताउनुभयो । ‘जेनतेन भल छोपेर रोपाइँ गरियो, अब पानी कसरी लगाउनु”, उहाँले भन्नुभयोे, “एक÷दुई परिवारलाई बाटो पु¥याउँदा दर्जनाँै परिवारको माड खोसियो ।” उब्जाउ हुने खेतमा पु¥याइएको कुलो मासिँदा किसान मर्कामा परेको पौडेलले बताउनुभयो । “सडक अरु पनि थिए, खेतमै आँखा लगाए” उहाँ भन्नुहुन्छ, “नयाँ सडक चाहिएकै होइन, सिँचाइको वैकल्पिक व्यवस्था पनि छैन ।”

विसं २०५८ मा रु ४९ लाख ९६ हजार खर्चेर उक्त कुलो निर्माण भएको थियो । जनसहभागितासहित निर्माण भएको कुलो सानो रकम खर्चेको सडकले क्षतविक्षत बनाएको उहाँको गुनासो थियो । वडा कार्यालयले भने धेरै पहिला निर्माण भएको कुलो ठाउँठाउँमा भत्किएको र मर्मतमा सधैँ समस्या हुने भएकाले सडक र कुलो एकैपटक बन्ने गरी काम गरेको जनाएको छ ।

“कुलो पनि बनोस् र सडक पनि बनाउँ भन्ने मान्यताले बनाइएको हो”, वडाध्यक्ष पौडेलले भन्नुभयो, “विस्तृत योजना बनेको छ यो वर्षलाई समस्या भयो ।” बिनामारेमा २०० मिटरको दूरीमा तीन सडक बनेका छन् । खेतीयोग्य जमिन मासेर धेरै सडक नबनाउन स्थानीयवासीले आग्रह गर्दै आएका छन् । “पहिला सबै उपभोक्ताको सहमति लिएरै काम गरेको हो, अहिले समस्या भयो भन्छन्”, उहाँले भन्नुभयोे, “बाटो र कुलो पनि एकैपटक व्यवस्थित कहाँ हुन्छ र ? हामी विस्तारै गर्दै जान्छौँ ।”

सडकसँगै बनाइएको कच्ची नाली पहिरोका कारण ठाउँठाउँमा पुरिएकाले किसानलाई थप समस्या भएको छ । “वर्षाले पहिरो ल्यायो, सडक छेउको कच्ची नालीले काम गरेन्”, वडा सदस्य देवेन्द्र रेग्मीले भन्नुभयोे, “सडक बनाउँदा समस्या आयो समाधान खोजिँदै छ ।” रोपाइँ सकेका किसानले हिउँदे खेतीको लागि समेत सिँचाइको समस्या हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया