उच्च सतर्कतासाथ आर्थिक गतिविधि

  साउन १२, २०७७

काठमाडौँ, साउन १२ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी उच्च सतर्कतासाथ सरकारले आर्थिक तथा सामाजिक गतिविधिलाई अगाडि बढाएको बताउनुभएको छ । उहाँले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सँगसँगै आर्थिक गतिविधि चालू गर्दै जानुपर्ने चुनौती सरकारसमक्ष रहेको स्पष्ट पार्नुभएको छ ।

उपप्रधानमन्त्री पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले आइतबार मन्त्रालयमा भेटघाट गर्नुभएको थियो । भेटघाटमा उपप्रधानमन्त्री पोखरेलले कोरोना महामारी नियन्त्रणमा संयुक्त राज्य अमेरिका लगायत मित्रराष्ट्रहरूबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

रक्षा मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्ति अनुसार भेटघाटका अवसरमा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि भएका प्रयास एवं द्विपक्षीय हित र सरोकारका विभिन्न विषयमा छलफल भएको थियो । सङ्क्रमण फैलन नदिन सीमामा निगरानी, क्वारेन्टाइन र आइसोलेसन सेन्टरको व्यवस्था, स्वास्थ्य मापदण्डको कार्यान्वयनमा विशेष जोड दिइएको पोखरेलले बत(ाउनुभयो ।

उहाँले नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकी सरकारले पु¥याएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । भेटमा राजदूत बेरीले कोभिड–१९ नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासको सराहना गर्नुभयो । नेपाललाई ७० वर्षदेखि आर्थिक एवं सामाजिक हित हुने गरी विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको चर्चा गर्दै उहाँले आगामी दिनमा सहयोग जारी राखिने धारणा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया