अभिनेता अमिताभ र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि

  असार २८, २०७७

काठमाडौँ, असार २८ : भारतीय सिने जगतका हस्ती अमिताभ बच्चनमा कोरोना सङ्क्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ बच्चनले ट्वीटमार्फत सो कुराको खुलासा गर्नुभएको हो ।

ट्वीटमा उहाँले आफूमा कोरोना सङ्क्रमण पोजिटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गर्नुभएको छ ।

तर उहाँका छोरा अभिषेक बच्चनले पनि केही बेरमा ट्वीट गरी आफू पनि सङ्क्रमित भएको जानकारी दिनुभएको छ ।

उहाँहरू दुवै जनालाई मुम्बइको नानावती अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उहाँमा सामान्य खालको लक्षण देखिएको जनाउनुभएको छ ।

अमिताभले उहाँसँग दश दिनअघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया