काठमाडौं, जेठ ७ : सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण बन्द गरेको हवाई उडान आउँदो जेठ मसान्तसम्मका लागि लम्ब्याएको छ ।
कोरोना भाइरस रोकथाम, नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बुधबारको बैठकले हवाई उडान बन्द जारी राख्ने निर्णय गरेको हो ।
सरकारले लकडाउनको अवधि जेठ २० सम्म लम्ब्याउने निर्णय यसअघि नै गरिसकेको छ । पटक–पटक समय थप्दै उडान बन्दको अवधि पनि बढाइएको हो ।
४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडानबारे निर्णय गरेको थिएन । समितिको मंगलबार बसेको बैठक पनि विदेशमा समस्यामा परेका नागरिकहरुको उद्दारबारे छलफलका लागि बोलाइएको थियो ।