लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नक्सा प्रकाशित गर्ने प्रतिबद्धता

  जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : सरकारले लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । 

साथै सरकारले नेपालका छुटेका भूमिहरू समावेश गरी नयाँ नक्सा जारी गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट भारतसँगको सीमासम्बन्धी विषयको समाधान गर्ने पनि उल्लेख छ ।

सरकारी अधिकारीहरुका अनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैन । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

तपाईको प्रतिक्रिया