नेपाललाई ‘कोभिड १९’ मुक्त बनाउने सरकारको पहिलो प्राथमिकता

  जेठ ०२, २०७७

काठमाडौं, जेठ २ : सरकारले नेपाललाई कोभिड महामारी मुक्त देश बनाउने कार्यक्रम पहिलो प्राथमिकतामा रहने घोषणा गरेको छ ।

शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेकी हुन् ।

उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गरिने उनको भनाइ छ । स्वदेशमै रोजगारी सिर्जनाका कार्यक्रमल्याई आत्मनिर्भर अर्थतन्त्रको विकासलाई प्राथमिकता दिइने उनको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया