दुईजना कोरोना संक्रमित नारायणी अस्पतालको आइसोलेसनबाट भागे

  बैशाख ३१, २०७७

वीरगन्ज, वैशाख ३१ : नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुईजना कोभिड संक्रमित बुधबार दिउँसो फरार भएका छन् । शौचालय गएका दुवैजना फरार भागेका हुन् । दुबैजनामा मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले अस्पतालकाे आइसोलेसनबाट दुईजना फरार भएको र उनीहरुको खोजी कार्य भइरहेको बताइन् । अस्पताल स्रोतका अनुसार सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डको शौचालयबाट दुवै संक्रमित फरार भएका हुन् । मंगलबार पर्सामा ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया