चिनियाँ सञ्चारमाध्यमले सच्यायो सगरमाथाबारे सूचना

  बैशाख २८, २०७७

काठमाडौँ, वैशाख २८ : चिनियाँ सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)ले यसअघि सगरमाथाबारेको विवादास्पद सूचना सच्याएको छ ।

यसअघि मे २, २०२० मा सिजिटिएनले सगरमाथामाथि देखिएको सूर्यको किरणको तस्बिर पोस्ट गर्दै ‘छोमोलाङमा‘ अर्थात सगरमाथा चीनको तिब्बतमा पर्ने भनी सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

उक्त पोस्टबारे सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि आइतबार सिजिटिएनले सूचना सच्याएर सगरमाथा चीन–नेपालको सीमामा पर्ने भनी ट्वीट गरेको छ ।

तपाईको प्रतिक्रिया