मुस्लिम धर्मगुरुलाई क्वारेन्टाइनबाट घर पठाइयो

  बैशाख २६, २०७७

दमक, वैशाख २६ : भारतमा भएको मुस्लिम भेलामा सहभागि भएर आएका झापा दमक ६ स्थित जामे मस्जिदमा रहेका १४ जना भारतीय मुस्लिम धर्मगुरुलाई क्वारेन्टाइनबाट विदा गरिएको छ ।

उनीहरुलाई मस्जिद भित्रनै क्वारेन्टाइन बनाएर राखिएको थियो । उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको र आरडीटी परीक्षण तथा स्वाब परीक्षण पनि नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरी विदाई गरिएको दमक नगरपालिकाले जनाएको छ ।

नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले बिज्ञप्ती जारी गरेर दिएको जानकारी अनुसार मस्जिदमा रहेका १४ जना र मानसरोवर कलेजको क्वारेन्टाइनमा रहेका ११ जनाले नै क्वारेन्टाइन अवधि पुरा गरेकाले विदाई गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले उनीहरुलाई होम क्वारेन्टाइनमा पनि नियमित रुपमा स्वास्थ्य जाँच गर्ने पनि अधिकारीले बताउनु भएको छ ।

दमक नगरपालिकाका स्वास्थ्य शाखाका निरीक्षक बद्रि बरालका अनुसार दमकमा एकजनामा कोरोना पोजेटिभ देखिएको र अन्य कसैलाई पनि देखिएको छैन । क्वारेन्टाइनमा बस्नेहरुमा समेत कसैमा कोरोनाको संक्रमण तथा समस्या नदेखिएपछि विदाई गरिएको हो । हामी नियमित रुपमा उहाँहरुको बिषयमा जानकारी लिने काम गर्नेछौ, उहाँले भन्नुभयो । केहि दिनयता भने दमकमा कसैको पनि आरडीटी तथा स्वाब परीक्षण भएको छैन ।

तपाईको प्रतिक्रिया