भारतमा एकैदिन १०३ को मृत्यु, नयाँ संक्रमित ३३९०

  बैशाख २६, २०७७

काठमाडौं, वैशाख २६ : भारतमा कोरोना संक्रमणबाट एकैदिन १०३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ । गत २४ घण्टामा तीन हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा भारतमा एक हजार २७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । योसँगै निका हुनेको संख्या १६ हजार ५३९ पुगेको छ ।

तपाईको प्रतिक्रिया