कोरोनापीडित देशमा एनआरएनएबाट आर्थिक सहयोग

  बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ पीडित देशमा आर्थिक सहयोग गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना भाइरसबाट बढी प्रभावित देशमध्येका थप पाँच देशका लागि संस्थाले आर्थिक निकासा दिएको हो ।

आर्थिक सहयोग पाउने देशमा बहराई, स्पेन, पोर्तुग र इटाली पाँचपाँच हजार तथा माल्टा तीन हजार अमेरिकी डलर रहेको एनआरएन, कोभिड–१९ उच्चस्तरीय समन्वय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । संस्थाले पहिलो चरणमा कुवेत, संयुक्त अरब इमिरेट्स, सउदी अरब र साइप्रसमा रहेका संस्थाका राष्ट्रिय समितिमार्फत आर्थिक सहयोग वितरण गरेको थियो ।

संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७३ पुगेको एनआरएनले जनाएको छ । एनआरएन, स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार २७ देशमा रहेका पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् ।

तपाईको प्रतिक्रिया