सचिवालय बैठकको बीचैमा बाहिरिए प्रधानमन्त्री

  बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : बालुवाटारमा जारी नेकपाको सचिवालय बैठकबाट प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बीचमै बाहिरिएका छन् । भोलिलाई डाकिएको स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न यो बैठक बोलाइएको थियो ।

सरकारले जारी गरेर फिर्ता गरेको दुई अध्यादेश प्रकरणपछि नेकपाभित्र विवाद बढेको छ । अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि उनले कोरोनापछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर, अर्का अध्यक्ष र बरिष्ठ नेता माधव नेपाल पक्ष भने ओलीले अहिले नै राजीनामा दिनुपर्ने वा एक व्यक्ति एक पदको नीतिमा पार्टी जानुपर्ने पक्षमा छन् । यसकै बिषयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको स्रोतले दावी गरेको छ । उनी बाहिरिए पनि बैठक भने जारी छ ।

बैठकले भोलि बिहीबारलाई बोलाइएको स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालयमा गर्ने पनि निर्णय गरेको इकान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया