गौतम संघीय संसदको महासचिवमा नियुक्त

  बैशाख २३, २०७७

काठमाडौं, वैशाख २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार डा. भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गर्नुभएको छ । गौतम कास्की जिल्लाको लामाचौर – ५ निवासी हुनुहुन्छ ।

प्रतिनिधिसभाका अध्यक्ष र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा गौतमलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले उहाँलाई नियुक्त गर्नुभयाे ।

तपाईको प्रतिक्रिया