नेपालगन्जमा थप सातजना नयाँ कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

  बैशाख २३, २०७७

काठमाडौं, वैशाख २३ : नेपालगन्जमा थप ७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । मन्त्तालयका अनुसार आज बिहान भरी अञ्चल अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षण अनुसार थप ७ जना संक्रमित पुष्ठी भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–८ का चार महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेका छन् । योसँगै बाँकेमा मात्र २३ जनामा सङ्क्रमण देखिएको छ । यसअघि बाँकेमा १६ जनामा सङ्क्रमण देखिएको थियो । नेपालमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ ।

सहप्रवक्ता डा अधिकारीका अनुसार नेपालगञ्जमा देखिएका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

संक्रमितको संख्या बढेसँगै नेपालगन्जमा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पहिचान र परीक्षण गर्ने काम भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

बाँकेसँग सिमाना जोडिएको कर्णाली प्रदेशले कोरोना संक्रमण रोकथामका लागि सबै नाका बन्द गरेको छ । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छैन ।

तपाईको प्रतिक्रिया