झुलाघाटबाट फर्किएर क्वारेन्टाइनमा जाँदै गर्दा मृत्यु भएकाको पीसीआर रिपोट नेगेटिभ

  बैशाख २२, २०७७

बैतडी, वैशाख २२ : भारतीय सीमा नाका झुलाघाटबाट आएर मृत्यु भएका बैतडीका एक जनाको पीसीआर परीक्षण रिपार्ट नेगेटिभ आएको छ । बैतडीको उत्तरपूर्वी पुरचौडी नगरपालिका–६ भूमिराजका ६७ वर्षिय जुने लोहारको झुलाघाटबाट बैतडी पुगेर पुरचौडी नगरपालिकाको क्वारेन्टाइनमा जाँदै गर्दा शनिबार बिहान ६ः ०० बेजे मृत्यु भएको थियो ।

लोहार यही वैशाख १८ गते भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाबाट नेपाल भित्रिनु भएको थियो । मृतकको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाएपछि उहाँको पीसीआर रिपाट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जानकरी दिएको छ ।

भारतबाट नेपाल भित्रिएको दोश्रो दिननै निधन भएका लोहार दमको दीर्घरोगी रहेको पाईएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

वैशाख १८ गते बैतडीको झुलाघाट र दार्चुलाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका २६ सय ९५ जना सीमा नाका खोलेर नेपाल ल्याईएको थियो ।

तपाईको प्रतिक्रिया