उदयपुरका १३ संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ, अर्काे पनि नेगेटिभ भए डिस्चार्च गरिने

  बैशाख २२, २०७७

गाईघाट, वैशाख २२ : उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित नुरी मस्जितमा कोरोना भाईरस (कोभिड–१९) संक्रमित १३ जनाको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । यस अघि उहाँहरूकाे पहिलाे पीसीआ रिपाेट पाेजेटिभ आएको थियाे  । अब तेस्राे रिपाेर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिने बताइएकाे छ ।  कोरोना भाइरसको केन्द्र बिन्दु बनेको भुल्के विस्तारै सहज बन्दै गएको स्थानीय यदुप्रसाद ढकालले बताउनुभयो ।

यहि वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोरोना अस्पताल बिराटनगरको आईसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका वडा जनं ३ भुल्के नुरी मस्जिदका संक्रमितहरुको १४ दिनपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । कोशी अस्पताल बिराटनगरले सञ्चालन गरेको कोरोना उपचार केन्द्रमा उपचार गरि रहेका सङ्क्रमितहरुको पछिल्लो रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो ।

सोमबार विहानको रिपोर्टमा १३ जनामा कोरोना नेगेटिभ देखिएको हो । मस्जिदका १२ भारतीय मुस्लिम धर्म प्रचारकसहित १६ जमाती मध्ये १३ जनामा पहिलो पटक संक्रमण देखिएको थियो । त्यसपछि संक्रमण पुष्टि भएका थप १५ जना पनि कोशी अस्पतालकै आईसोलेसमा उपचाररत रहेको स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो । १३ पछि भेटिएका अन्य आठजना संक्रमितको पनि आईसोलेसन बसाई १४ दिन पुगेकाले दोश्रो स्वाब परीक्षण हुँदैछ ।

सुरुका १३ मा कोरोना नेगेटिभ देखिएपछि पुनः पिसिआर परीक्षण गरिने र त्यसमा पनि रिपोर्ट नेगेटिभ आयो भने डिस्चार्ज गरिने प्रमुख सुबेदीले बताउनुभयो । ‘मस्जिदका पहिलो १३ संक्रमितलाई आईसोलेसनमा राखेको १४ दिनपछि टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आयो’ सुबेदीले भन्नुभयो ‘अब पुनः टेस्ट परीक्षण गरिन्छ, त्यसमा पनि नेगेटिभ आए डिस्चार्ज गरिने उहाँले बताउनुहुन्छ ।

भुल्केमा वैशाख ५ देखि ९ गतेभित्र परीक्षण गर्दा २८ जना संक्रमित फेला परेपछि सिंगो उदयपुर त्रस्त बन्न पुगेको थियो । मस्जिदमा रहेका भारतीय जमातीमा संक्रमण पाइएपछि उनीहरुबाटै अन्यमा संक्रमण सरेको हुन सक्ने अनुमान गर्दै मस्जिद आसपास र अन्य मस्जिद क्षेत्र ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा पिसिआर परीक्षण गरिएको थियो । 

मस्जिद भन्दा बाहिर पहिलो चरणमा ६९ को परीक्षण गर्दा आठ जना संक्रमित भेटिएका थिए भने बाँकी ३ जमातीमा पनि संक्रमण पुष्टि भएको थियो । तेश्रो चरणमा संकलित दुईसय ५२ मध्ये थप चारमा जनामा पोजेटिभ देखिएसँगै भुल्केमा २८ जना संक्रमित पुष्टि भएका थिए ।
त्यसपछि संक्रमितसँगको सम्पर्क तथा कन्ट्रयाक्ट टे«सिङको आधारमा त्रियुगाकै डिएमगेट, जलजले, देउरी मस्जिद र आसपासका १४ महिला सहित ८३ तथा पछिल्लो शुक्रबार भुल्केकै ३३ को परीक्षण रिपोर्ट आईतबार नेगेटिभ आएको छ । पछिल्लो पटक भुल्केका ३३ को रिपोर्टले नेगेटिभ अन्य मस्जिद सुरक्षित पाइएको छ ।

त्यससँगै भोजपुरमा फेला परेका संक्रमितसँग सम्बन्ध देखिएको बेलका नगरपालिकाका ७ मैनामैनीका ५ जना तथा ताप्ली गाउँपालिकाका दुई जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको सुबेदीले बताउनुभयो ।

कोरोना संक्रमणको केन्द्र भुल्के बनेपछि उदयपुरमा छ सय ६९ जनाको स्वाब सङ्कलन गरि परीक्षण गरिएको थियो । त्यसमा २८ जनाको बाहेक ६४१ जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुबेदीले जानकारी दिनुभयो । उदयपुरमा सोमबार सम्म दुईसय ३९ जना क्वारेन्टिनमा रहेको र दुईसय ३४ जनाको आरडिटि परीक्षण गराइएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया