संसदको महासचिवमा भरतराज गौतम सिफारिस

  बैशाख २२, २०७७

काठमाडौं, वैशाख २२ : संघीय संसदको महासचिवमा भारतराज गौतमको नाम सिफारिस भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार गौतमलाई महासचिवमा सिफारिस गरेका हुन् ।

गौतमलाई महासचिव नियुक्त गर्नका लागि सभामुख र अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए । राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

गौतम संघीय संसद सचिवालय सचिवमा कार्यरत छन् । तत्कलीन महासचिव मनोहरप्रसाद भट्टराईले कार्यकाल पूरा गरेर निवृत्त भएपछि कार्यवाहकको रूपमा योगीले काम गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया