महिला खेलाडीले पुरुष सरह तलबको माग अदालतद्वारा खारेज

  बैशाख २२, २०७७

क्यालिफोर्निया, वैशाख २१ : अमेरिकी महिला फुटबल टोलीले पुरुष खेलाडी सरह तलब सुबिधाको माग गर्दै दर्ता गरेको मुद्दा अदालतले रद्द गरिदिएको छ । महिला फुटबल टोलीका २८ सदस्यले पुरुष खेलाडीको तुलनामा आफुहरुलाई दिइदै आएको तलब सुबिधा निकै कम भएको भन्दै गत वर्ष अमेरिकी फुटबल संघ(युएसएसएफ) विरुद्ध मुद्दा दर्ता गरेका थिए । समान अधिकार पाउनु पर्ने भन्दै उनीहरुले क्षतपूर्ती स्वरुप ६६ मिलियन डलरको माग गरेका थिए ।

खेलाडीहरुको प्रवत्ता मोली लेभिसनले अदालतको निर्णयविरुद्ध पुनरावेदन जाने बताइन् । हामी अचम्मित र निराश भएका छौ, लेभिसनले भनिन्, हामी हार मान्ने पक्षमा छैनौ । यो लडाई महिला खेलाडीले पनि पुरुष खेलाडी सरह तलब सुबिधा पाउनु पर्छ भन्ने हो , त्यसैले हामी यो यात्रालाई निरन्तरता दिन्छौ ।महिला खेलाडीले पनि मिहिनेत गरेका छन् ।खाली समय पाएन खेल्न गएका होइनन् । व्यवसायिक पक्षलाई पनि ध्यान दिन आवश्यक छ ।

अमेरिकी महिला फुटबल टोलीले गत वर्ष महिला विश्वकपको उपाधि जितेको छ । अमेरिकी महिला टोलीले हात पारेको यो पाँचौ विश्वकप उपाधि हो । सो टोलीले ५ पटक ओलम्पिकमा समेत स्वर्ण पदक जितेको छ ।

समान तलब सुबिधा पाउनु पर्ने आपुहरुको माग अदालतले रद्द गरिदिएपछि गत वर्ष महिला विश्वकपकी गोल्डेन बल र गोल्डेन बुट विजेता मेगन रापिनोइले ट््विट् गर्दै भनेकी छिन्,हामी समान अधिारको लडाईबाट पछि हट्दैनौ ।

यो खबरले हामीलाई स्तब्ध बनाएको छ, अमेरिकी महिला टोलीकी अर्की स्ट्राइकर एलेक्स मोर्गानले भनिन्,हामी निराश भएका छैनौ । युएसएसएफले भने महिला फुटबल टोलीसँग संवाद मार्फत समाधान निकाल्न तयार रहेको बताएको छ ।

अमेरिकी महिला फुटबल टोली विश्वकै एक बलियो टोली हो । हामी उनीहरुले हात पारेको सफलताबाट याहा सम्म आइपुगेका छौ । आगामी दिनमा पनि हामी यसै गरि अघि बढ्न चाहान्छौ , युएसएसएफले जारी गरेको विज्ञप्त्तीमा भनिएको छ, टोलीमा केही असमलदारीका साथै प्राबिधिक समस्या देखा परेको छ । हामी छिट्टै दुवै पक्षसँग छलफल गर्दै समाधानमा पुग्नेछौ ।

यता सन् २००२ को विश्वकपको क्वाटरफाइनल सम्म प्रवेश गर्नु नै अमेरिकी पुरुष फुटबल टोलीको अहिले सम्मकै ठूलो उपलब्धी हो । अमेरिकी पुरुष फुटबल टोलीले महिला खेलाडीको माग जायज भएको भन्दै यथाशिघ्र यसको सम्बोधन गर्न सरकार र फुटबल संघसमक्ष माग गरेको छ । एजेन्सी

तपाईको प्रतिक्रिया