सात एम्बुलेन्स स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण

  बैशाख २१, २०७७

बारा, बैशाख २१ : बारा जिल्लाको ५ वटा स्थानीय तहमा सञ्चालनमा रहेका सात वटा एम्बुलेन्स स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर २ सरकार मातहत रहेको सामाजिक विकास मन्त्रालयबाट आएको पिपिई सेट तथा अन्य सरसफाईका सामग्रीहरु स्वास्थ्य चौकीलाई प्रदान गरिएको छ ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल तथा संघिय सांसद एकवाल मियाँको पहलमा ति सामग्रीहरु परवानीपुर गाउँपालिका वडा–३ लिपनीटोलमा एक कार्यक्रम आयोजनागरी हस्तान्तरण गरिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका र फेटा गाउँपालिकामा संचालनमा रहेका २÷२ तथा विश्रामपुर, प्रसौनी, परवानीपुर गाउँपालिकामा सञ्चालनमा रहेका १÷१ गरि सात वटा एम्बुलेन्सका चालकहरुलाई स्वास्थ्य सामग्री हस्तारन्तरण गरिएको हो ।

सामग्रीहरुमा २÷२ पिस पिपिई सेट, ३ वटा गाउन, ५ पिस ग्लोब, ४ पिस जुत्ता, २५ पिस मास्क, १÷१ पिस हेल्मेट र चस्मा र ३ पिस सेनेटाईजर हस्तान्तरण गरिएको मन्त्री जितेन्द्र सोनलका स्वकिय सचिव रमेश सर्राफले जानकारी दिनुभयो ।

यसैगरी परवानीपुर स्वास्थ्य चौकीमा एउटा थर्मलगन र प्रसौनी गाउँपालिकाका स्वास्थ्य चौकीहरुको लागि ४ वटा पिपिई सेट प्रदान गरिएको छ । कोरोना महामारी फैलिन नदिन स्थानिय स्तरमा सुरक्षित सहित विरामी ओसार पसारगर्न र स्थानीय स्वास्थ्य चौकीलाई अति आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको मन्त्री जितेन्द्र सोनलले बताउनु भयो ।

यता बारा जिल्लाको देवताल गांउपालिकाले आफनो निकट व्यक्ति नभएको भन्दै वडा नम्बर–७ का क्यान्सर पिडीत विलाश महतोलाई भरतपुर क्यान्सर अस्पतालमा लैजान एम्बुलेन्स नदिएको घटनाले अहिले चर्चा पाएको छ ।

क्यान्सर रोगको कारण छटपटाई राखेका विरामीको उपचारको लागि एम्बुलेन्स नदिने गाउँपालिका प्रमुख चन्दन सिंह र निमित प्रमुख प्रशासकिय अधिकृत राजिव कुमार यादवलाई आवश्यक कारवाही गर्न स्थानीय वासिन्दाले माग गरेका छन् ।

देवताल गाउँपालिकाका प्रशासकिय अधिकृतले एम्बुलेन्स विग्रिएको बहाना बनाएपछि महागढीमाई नगरपालिकाको एम्बुलेन्समा महतोलाई उपचार गराउन भरतपुर पठाईएको मुकेश यादवले बताउनुभयो

तपाईको प्रतिक्रिया