वीरगञ्जका संक्रमित कोरोना प्रभावित गाउँमा राहत बाँड्न सक्रिय थिए

  बैशाख २१, २०७७

वीरगञ्ज , वैशाख २१ : आईतबार कोरोना संक्रमण देखिएका युवक वडामा राहत वितरण कार्यमा सक्रिय रहेकाले पनि उनको सम्पर्कमा आएकाहरुको कन्टयाक्ट ट्रेसिङ मा समय लाग्ने बताईएको छ ।

राहत बाँडन गठित सर्वसदलीय समितिमा ति युवक सदस्य रही सक्रिय सहभागिता जनाएको वडा अध्यक्ष बैजुलाल स्वर्णकारले जानकारी दिनुभएको अस्पतालले जनाएको छ । वडा अध्यक्ष बैजुलाल स्वर्णकारको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको बताईएको छ ।

आईतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यसअघि वैशाख १७ मा वीरगञ्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा र वैशाख १४ मा पनि वीरगञ्ज १६ इनर्वाका ५५ वर्षीय तथा वीरगञ्ज ३ छपकैयाका ४९ वर्षीय गरी २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो भने गत चैत ३० मा वीरगञ्ज २ छपकैयाको मस्जिदमा बसेका तीन भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको थियो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया एक युवकमा कोरोना पुष्टि भएसंगै स्थानीय प्रशासनले ति व्यक्तिका घर परिवारका १७ जना सदस्यहरुलाई अन्य कसैको सम्पर्कमा आउन नदिई घर नै सिल गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै स्थानीय प्रशासनले कोरोना संक्रमित भनिएका युवकको घर परिवारका १७ जना सदस्यहरुलाई अन्य मानिसहरुको सम्पर्कमा आउन नदिई घर नै सिल गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले कोरोना पुष्टि भएसंगै स्थानीय प्रशासनको निर्णय आई नसकेकाले तत्काललाई घर सिल गरिएको तर स्थानीय प्रशासनको निर्णय आएपछि गाँऊ नै सिल गरिने बताउनुभयो । कोरोना संक्रमित पाईएपछि गत चैत ३० गते देखि नै सिल गरिएको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३ हिजो शनिबारबाट खोलिएको थियो भने आईतबार फेरि संक्रमित देखिएपछि पुन सिल गर्ने तयारी गरिएको हो ।

आईतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको र संक्रमण मुक्त भएर गएका रौतहट र पर्साका १ ÷१ गरी दुई जनाको पुनः परीक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताउनुभयो । यसरी कोरोना पोजेटिभ देखिएका १ जना नयाँ र दुई जना पूराना गरी नारायणी अस्पतालमा तीन जना संक्रमितको सख्या बढेको र अहिले ११ जना कोरोना संक्रमितहरुको नारायणी अस्पतालमा उपचार भईरहेको उहाँले बताउनु भयो ।

यसअघि कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु पहिचान गर्दै क्वारेन्टाईनमा राख्ने काम गरिएको र यसरी सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्दा थप एक जनामा संक्रमण पुष्टि भएको उपचारमा संलग्न चिकित्सक निरज कुमार सिंहले बताउनु भयो ।

यता पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले सम्बन्धित निकायका प्रमुखहरुसंग अब कसरी जाने ? भन्ने विषयमा छलफल भईरहेको बताउनु भयो । छपकैया क्षेत्रमा नै पटक पटक संक्रमण देखिएको तथा बढी संक्रमितहरु देखा परेकाले त्यस क्षेत्रलाई कसरी सुरक्षित बनाउने विषयमा चलफल गरी आवश्यक निर्णय गरिने बताउनु भयो ।

यसरी वीरगञ्जमा भेटिएका संक्रमीतको सम्पर्कमा रहेकाको कन्टयाक्ट ट्रेसिङ गरी शंकास्पद व्यक्तिको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिदै आएको छ । परीक्षण रिपोर्ट पोजेटिभ आएका वीरगञ्ज ३ छपकैयाका उक्त ३६ वर्षीय पुरुषलाई आइतबार दिउँसो एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर भर्ना गरि उपचार सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया