प्रेसलाई मर्यादित भई तथ्यपूर्ण सूचना प्रवाह गर्न राष्ट्रपतिकाे आग्रह

  बैशाख २१, २०७७

काठमाडौं, वैशाख २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस जगत्लाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाह गर्न आग्रह गर्नुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्मीहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्नु हुँदै राष्ट्रपतिले भण्डारीले यस दिवसले भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात् गर्न प्रेरणा मिल्ने बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा ट्वीट गर्दै भन्नुभएको छ, “प्रेस जगत्लाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा सङ्कल्प पूरा गर्न प्रेरणा दिनेछ भन्ने आशा गरेको छु ।”

तपाईको प्रतिक्रिया