पोर्चुगलको फारोमा नेपालीको निधन

  बैशाख २०, २०७७

लिस्बन, वैशाख २० : पोर्चुगलको फारोमा एक नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको छ । धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए । उनले पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका थिए ।

लडेर आगामा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पु-याइएको थियो । उनको मगजमा रगत जमेर निधन भएको अस्पतालले जनाएको छ । घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुग्नुभएको थियो । मृतककी एक छोरी पोर्तुगलमा रहेकी छन् ।

तपाईको प्रतिक्रिया