कैलालीमा कोरोना आशंकित एक जना आइसोलेसनमा

  बैशाख १९, २०७७

कैलाली, वैशाख १९ : कैलालीका एक युवकलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका ९ का २५ वर्षीय युवकलाई बिहीबार सेती प्रादेशिक अस्पतालम भर्ना गरिएको हो ।

उनीमा उच्च ज्यवरो र खोकी रहेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । उनी चैत्र ६ गते भारतको मुम्बईबाट कैलाली आएका हुन् ।

बिहीबार अस्पताल भर्ना भएका युवकको स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । स्वाबको रिपोर्ट शनिबार आउने उनले जानकारी दिएको अनलाइन खबरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया