श्रमिकप्रति विशेष ध्यान दिन मुख्यमन्त्रीको जोड

  बैशाख १९, २०७७

चिप्लेढुङ्गा, वैशाख १९ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को महामारीका कारण श्रमिक वर्गको अवस्था अत्यन्तै नाजुक बनेको, धेरैको रोजगारी गुमेको र तलब सुविधा कटौती भएकाले सरकारी नीति तथा योजना बनाउँदा त्यसतर्फ विशेष ध्यान जान जरुरी रहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय श्रमिक दिवस–२०७७ (मे दिवस) का अवसरमा सम्पूर्ण मजदूर वर्गलाई शुभकामना सन्देश दिँदै उहाँले विशेषगरी दैनिक ज्याला मजदूरी गरी खाने श्रमिकलाई स्थानीय तहमार्फत राहत वितरणको व्यवस्था मिलाइएको बताउनुभएको छ ।

पछिल्लो लकडाउन अवधिमा कोरोना भाइरसको संक्रमणबाट बच्न सतर्कता र सचेतना अपनाई अधूरा निर्माण तथा अत्यावश्यक वस्तु उद्योगलाई पुनः सञ्चालन गर्ने नीति लिइएको बताउँदै श्रम र श्रमिकप्रति सम्मान गर्दै श्रमिकहरुलाई मर्यादित जीवन प्रदान र उनीहरुको पूर्ण क्षमताको सदुपयोग गर्न–गराउन आजको दिनले सबैमा प्रेरणा प्रदान गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया