मुद्दा मिलाउन ५० हजार घुस लिएको आरोपमा पक्राउ

  बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायशी झगडा मिलाउन घुस लिएको आरोपमा एकजना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने सामुदायिक वन उपभोक्ता समिति उदासिपुर, कैलालीका अध्यक्ष बिर्ख धामी रहेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले ईलाका प्रहरी कार्यालय, मसुरीयामा दत्र्ता भएको मुद्दा मिलाउने नाममा अध्यक्ष धामीले सेवाग्राहीबाट ५० हजार रुपियाँ घुस लिएको दाबी गर्नुभयो । अध्यक्ष धामीलाई घुस लिइसकेको अवस्थामा गौरीगंगा नगरपालिका वडा नं ८ बढैपुर बजारबाट नियन्त्रणमा लिएको प्रवक्ता कोइरालाले बताउनुभयो । सेवाग्राहीले प्रहरी कर्मचारीको मिलेमत्तोमा दुख दिएको गुनासो गरेपछि आयोगको टोली परिचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया