खाद्यान्न संकट टार्न आपतकालीन रोजगार

  बैशाख १८, २०७७

धादिङ, वैशाख १८ : सरकारले प्रदान गरेको राहत प्याकेजमात्र जीविको पार्जनमा कठिनाइ हुने भएपछि पालिकाले श्रममा आधारित रोजगार कार्यक्रम अगाडि बढाएको छ । जिल्लाको नेत्रावती दवजोङ गाँउपालिकाले पालिकाभित्रका विपन्न परिवारलाई श्रममा आधारित रोजगार सहितको राहत कार्यक्रम अगाडि बढाएको छ ।

नेपाल सरकारले तोके बमोजिमको राहत प्याकेज वितरण गर्दा त्यसले मात्र गुजारा चलाउन कठिनाइ हुने परिवारलाई लक्षित गरि खाद्यन्न संकट टार्न आपतकालिन रोगारका लागि श्रममा आधारित रोजगार कार्यक्रम सञ्चालन गरेको पालिका अध्यक्ष दुर्गानारायण शाक्यले बताउनु भयो । यस कार्यक्रममा सहभागि हुने श्रमदाता वडाबाटै छनौट गरि वडाकै सार्वजनिक निमार्णमा लगाउने र गाँउपालिकाले निर्धारण गरेका सात सय पचास रुपयाँ ज्याला दिने गरि वडा नं. ३ बाट वैशाख १५ गतेबाट काम शुरु गरेको अध्यक्ष शाक्यले बताउनु भयो ।

श्रममा आधारित रोजगार कार्यक्रमबाट सडक र्ममत सुधार, खानेपानी मर्मत सुधार तया मुहान सरसफाई, चौतारा निमार्ण, कुलो मर्मत तथा सुधार गर्ने छन् । सम्वन्धित वडामा काम पुरा भए अर्को वडामा समेत काम गर्न पाउने छन् ।

उक्त कार्यक्रममा वडा नं. १ मा ३५ जना, २ मा ३० जना, ३ मा २७ जना, ४ मा ३५ जना र ५ ३५ जना गरी जम्मा १ सय ६२ जना वेरोजगारलाई तत्काल रोजगार आवश्यक भएकाले रोजगारी दिएको छ । रोगजारी दिदाँ सार्वजनिक काम पनि हुने मजदुरी गर्नै पर्ने परिवारका खाद्यन्न संकट टार्न सहजता पनि हुने भएकाले काम शुरु गरेका छौ । वन्दावन्दीको समय लम्विए मजदुरी गर्नेको संख्या थपिन सक्ने अध्यक्ष शाक्यको भनाइ छ ।

तपाईको प्रतिक्रिया