प्रधानमन्त्रीद्वारा संसद बैठक कक्षको अवलोकन

  बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको बैठक कक्षको अवलोकन गर्नुभएको छ ।

संविधानमा जेठ १५ गते वजेट ल्याउनु पर्ने व्यबस्था भए अनुसार बजेट अधिवेशनका लागि भौतिक दुरी कायम गरी बैठक बसाल्ने तयारी संसद सचिवालयले गरेको छ ।

तपाईको प्रतिक्रिया